LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी काेराेना संक्रमित, एकै दिन ३७७ जना संक्रमित थपिए



लुम्बिनी प्रदेशमा सबैभन्दा बढी काेराेना संक्रमित, एकै दिन ३७७ जना संक्रमित थपिए

बुटवल ३० असोज । लुम्बिनी प्रदेशमा शुक्रबार अहिले सम्म कै सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलका अनुसार यो प्रदेशमा एकै दिन ३७७ जना कोरोना संक्रमित थपिएका हुन् ।

त्यसमध्ये २५६ जना पुरुष र १२१ जना महिला छन् । यो अहिलेसम्मकै सबैभन्दा उच्च दर हो । डा.पौडेलले यो अहिलेसम्मकै बढी र कहाली लाग्दो भएको जानकारी दिए ।

शुक्रबारसम्म लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ८ सय ६७ पुगेको छ । यो देशभरको तुलनामा १२ प्रतिशत हो । प्रदेशमा संक्रिय संक्रमितको संख्या ३ हजार ६०४ छ । ३४४ जनामा विभिन्न लक्षण रहेको सूचना अधिकारी पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे