दाङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि



दाङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

दाङ ४ कार्तिक । दाङमा आज थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ७ जनाको पिसिआर र बिभिन्न स्थानमा गरिएको २ जनाको एन्टिजेन परिक्षण गर्दा २ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित हुनेहरुमा घोराही, गढवा र राजपुुरका एक÷एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

आज थपिएका ३ जना सहित अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या २९ जना रहेको छ । ति मध्य २४ जना घरमा, ५ जना आईसीयूमा रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे