राप्ती गाउँपालिका ७ नम्बर वडा अध्यक्ष चौधरीले धानबालीको क्षती विवरण संकलन गर्दै



राप्ती गाउँपालिका ७ नम्बर वडा अध्यक्ष चौधरीले धानबालीको क्षती विवरण संकलन गर्दै

सिसहनियाँ ४ कार्तिक । केही दिनदेखि परेको अबिरल बर्षाले किसानहरुले लगाएको धान खेतमै उम्रन थालेपछी राप्ती गाउँपालिका कृषि शाखाले बाढी पिडित धान उत्पादक किसानहरुको क्षती विवरण संकलन सुरु गरेको छ ।

राप्ती गाउँपालिका कृषि शाखाले ९ वटै वडाका वडा अध्यक्षहरुलाई परिपत्र गरि धान उत्पादक किसाहरुको क्षेति विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । यसै क्रममा बिहिवार वडा नम्बर ७ का वडा अध्यक्ष विद्याशरण चौधरीले किसानको खेतबारीमै गई धानबालीको अवलोकन सँगै क्षति विवरण संकलन सुरु गरेका छन् ।

बिहिवार पहिलो दिन छोट्की सिसहनियाँका ५ जना किसानहरुको धानबाली अवलोकन गरी क्षेती विवरण संकलन गर्नु भएको छ ।
जस अनुसार दयाराम चौधरीको १७ कठ्ठा धान डुवान हुँदा करिव ५१ क्वइन्टल धानमा क्षती भएको छ । त्यस्तै श्यामबहादुर चौधरीको ८ कठ्ठामा लगाएको धान डुवान हुँदा २४ क्वइन्टल धानमा क्षती, बीरबहादुर चौधरीको १३ कठ्ठा धान डुवान हुँदा ३९ क्वइन्टल धानमा क्षती, वीरबल चौधरीको २ कठ्ठा धान डुवान हुँदा ६ क्वइन्टल धानमा क्षती र दामोदर चौधरीको साढे २ कठ्ठा धान डुवान हुँदा साढे ७ क्वइन्टल धानमा क्षती भएको छ ।

किसानहरुले लगाएको धानको क्षतिको विवरण संकलन गरेर वडाले गाउँपालिकामा पठाउने र गाउँपालिका कृषि शाखाले पुन अनुगमन गरी क्षती विवरण प्रदेश र केन्द्रमा पठाएपछि राहत प्याकेज उपलब्ध हुने कृषि शाखा प्रमुख महेश अधिकारीले जानकारी दिनु भएको छ ।
अन्य वडाहरुमा पनि धान उत्पादक किसानहरुको क्षती विवरण संकलन सुरु भएको राप्ती गाउँपालिका कृषि शाखाले जानकारी दिएको छ ।

कृषि शाखाले गाउँपालिका भित्रका धान उत्पादक किसानहरुलाई बाढीबाट पु¥याएको क्षतीको विवरण उपलब्ध गराउन एक सुचना समेत जारी गरेको छ । यसै बिच कृषि शाखा प्रमुख अधिकारीले किसानहरुलाई नआत्तिन आग्रह गर्दै डुवेको धानबाली जोगाउन सुझाव समेत दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे