LISTEN LIVE RADIO

दाङमा आज एकै दिन ३५ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना निकाे



दाङमा आज एकै दिन ३५ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना निकाे

दाङ २० साउन । दाङमा पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ६० जनामा गरिएको पिसिआर परिक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्य संक्रमित हुनेहरुमा घोराहीका २८ जना, लमहीका ३ जना, तुलसीपुरका २ जना, राप्ती र बबईका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

योसँगै जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ५८ जना पुगेको छ । जसमध्य १ सय ३३ जना होमआइसोलेसनमा, अक्सिजन सहितको उपचारमा १७ जना र ८ जना आईसियूमा उपचाररत छन् । त्यस्तै बुधबार १८ जनाले कोरोनालाई जितेका छन् । आज कोरोनालाई जित्नेमा घोराहीका ११ जना, तुलसीपुरका ४ जना र शान्तिनगरका ३ जना रहेका छन् ।

त्यस्तै आज थपिएका ३५ जना सहित बैशाख यता ८ हजार ५ सय २७ जनामा कोरोना संक्रमण भएको छ । ति मध्य ८ हजार १ सय ६१ जना निको भएका छन् भने २ सय ८ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या दिन प्रति दिन उकालो लाग्दो छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे