राप्ती गाउँपालिकामा २४१८ जनाले कोरोना विरुद्धको भेरोसेल खोप लगाए



राप्ती गाउँपालिकामा २४१८ जनाले कोरोना विरुद्धको भेरोसेल खोप लगाए

देउखुरी ७ साउन । दाङ देउखुरीको राप्ती गाउँपालिकामा २ हजार ४ सय १८ जनाले कोरोना विरुद्धको भेरोसेल खोप लगाएका छन् । कुल ३ हजार २ सय ३४ जनालाई पुग्ने गरि खोप आएकाले सरकारले तोकेको मापदण्ड अनुसार लक्षित वर्गलाई पहिलो प्राथमिकता राखेर खोप लगाएको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

जसमा सिसहनियाँ स्वास्थ्य चौकीमा १ हजार ३८ जना र लालमटिया स्वास्थ्य चौकी भालुवाङमा १ हजार ३ सय ८० जनाले खोप लगाएका छन् । खोप अपुग भएपछि हाललाई खोप लगाउने कार्यक्रम स्थगित भएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् खोप कहिले आउँछ भन्ने एकिन नभए पनि छिट्टै आउने बताइएको छ ।

यता लमही अस्पतालबाट २ हजार २ सय ६८ जनाले कोरोना विरुद्धको भेरोसेल खोप लगाएका छन् । सिमित खोप भएकोले धेरैलाई लगाउन नसके पनि सरकारले तोकेको मापदण्ड अनुशार लक्षित वर्गलाई पहिलो प्राथमिकता राखेर खोप लगाएको लमही अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रन्जिता कुमारी महतोले भनिन जानकारी दिइन् ।

पछिल्लो पटक खोप प्रती धेरै मानिसहरु आकर्षित भएका छन् । शुरु शुरुमा खोप लगाउँदा ज्वरो आउने, शरीर दुख्ने जस्ता समस्या आउने भएकोले खोप लगाउन मानिसहरु डराउने गर्दथे । अहिले त्यही खोप लगाउन सोर्स लगाउनु परेको छ, पहुँचमा भएकाहरुले अफ्ना नातागोतालाई सिफारिस गरेर खोप लगाएका छन भन्ने गुनासो पनि सुन्ने गरिन्छ ।

त्यस्तै सतबरिया स्वास्थ्य चौकी बाट ८ सय ५० जनाले कोरोना विरुद्धको भेरोसेल खोप लगाएका छन् । खानेपानी, सहकारी, विभिन्न संघ संस्थाका मानिसलाई पनि खोप दिनु परेकोले लक्षित वर्गलाई अपुग भएको हो तर आत्तिहल्नु पर्ने अवस्था छैन केही दिनमा फेरि खोप आउँछ”- सतबरिया स्वास्थ्य चौकीका प्रमुख लोकराज पौडेलले बताए ।

सोनपुर स्वास्थ्य चौकीका प्रमुख इन्दुमती चौधरीका अनुशार भेरोसेल खोपका लागि मानिसहरु निकै लागि परेका छन् । सोनपुर स्वास्थ्य चौकीबाट १ हजार २० जनालाई भेरोसेल खोप दिएको चौधरीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे