दाङमा आज २२ जनामा कोरोना पुष्टि ११ जना संक्रमण मुक्त १ जनाकाे मृत्यु



दाङमा आज २२ जनामा कोरोना पुष्टि ११ जना संक्रमण मुक्त १ जनाकाे मृत्यु

दाङ ७ साउन । दाङमा आज थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ८० जनामा गरिएको पिसिआर जाँचमा १२ जना महिला र १० जना पुरुष गरि २२ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा घोराहीका १७, तुलसीपुरका, राप्ती, राजपुर, बङगाचुली र बवईका १/१ जनामा कोरोना पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । आज कोरोना मुक्त हुनेको संख्या ११ रहेको छ । मुक्त हुने सबै घोराहीका रहेका छन् । आज थप भएका २२ जना सहित जिल्लामा सकृय विरामीको संख्या एक सय १२ जना पुगेको छ ।

ति मध्य एक सय ८८ जना घरमा, अक्सिजन सहितको उपचारमा १६ जना र आईसियूमा ८ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । बैशाख यता दाङमा ८ हजार ३ सय ३४ जनामा कोरोना देखिएको छ । ति मध्य ८ हजार १५ जना निको भएका छन् भने २ सय ७ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

यता कोरोना अस्पताल बेलझुण्डीमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । लमही नगरपालिका ५ निवासी ५७ वर्षिय पुरुषको आज दिउँसो सवा ४ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वली जानकारी दिए ।

उनी साउन ६ गतेदेखि कोरोना अस्पताल बेल्झुण्डीको आईसियू कक्षमा उपचाररत थिए । साथै उनमा निमोनिया, श्वासप्रश्वास सम्बन्धी समस्या रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे