राप्तीमा कांग्रेसको भावि नेतृत्वका लागि विद्याशरण, हस्तबहादुर र टंकनाथकाे दावी



राप्तीमा कांग्रेसको भावि नेतृत्वका लागि विद्याशरण, हस्तबहादुर र टंकनाथकाे दावी

भालुवाङ ७ साउन । नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिक आउँदै गर्दा राप्ती गाउँपालिकामा चुनावी सरगर्मी सुरु भएको छ ।कांग्रेसले केन्द्रीय महाधिवेशन गर्नुभन्दा पहिले गाउँ, क्षेत्र हुँदै जिल्ला र प्रदेशको अधिवेशन सक्नुपर्ने अवस्थामा स्थानीय स्तरमा सभापति को हुने ? भन्ने चासो बढ्दै गएको छ । यसै क्रममा राप्ती गाउँपालिका क्षेत्रमा ९ वाट वडा सहित पालिका स्तरको जिम्मेवारीमा आउन स्थानीय नेता कार्यकर्ताहरुले आ–आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् ।

क्षेत्र जिल्ला, प्रदेश हुदै महाधिवेशनमा सहभागी हुनका लागि नेता कार्यकर्ताले भेटघाट तीब्र पारेका छन् । आगामी भदौ महिना भित्र नेपाली कांग्रेसको महाधिवेशन गरिसक्नु पर्ने बाध्यता छ । तर, पछिल्लो समय सरकारमा नेपाली कांग्रेस गएपछि केही समय पछि अधिबेशन जान सक्ने समेत तर्क चलिरहेको छ । तरपनि वडा तथा पालिकाको निर्वाचन केही समय सर्न सक्ने आकलन गरिएको छ । कांग्रेस केन्द्रीय कार्यालयले महाधिवेशन बारे अझै केही नयाँ सूचना निकालेको छैन ।

राप्ती गाउँपालिकामा नेपाली कांग्रेसको आगामी अधिबेशनमा सभापतिको रुपमा विद्याशरण चौधरीले उम्मेदवारी दिने घोषणा गरिसकेका छन । त्यस्तै नेपाली काग्रेस राप्तीका सचिव हस्तबहादुर गुरुङ, १३ औ महाधिबेशन प्रतिनिधि टंकनाथ चौधरीको समेत सभापतिको उम्मेदवार बन्ने चर्चा चलेको छ ।
वडा नं ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता समेत रहेका विद्याशरण चौधरीले राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि सात दशकदेखि निरन्तर समर्पित रहेको हुँदा फेरि पनि जनताको सेवामा जान चाहेको बताए ।

कांग्रेस प्रति नागरिकमा रहेको मायालाई आत्मसाथ गर्दै राप्तीमा काँग्रेसको जगलाई थप बलियो बनाउने उदेश्य र नेता कार्यकर्ताको चाहनाका कारण आफ्नो उम्मेदवारी सभापतिमा हुने उनले तर्क गरे । त्यस्तै काँग्रेस राप्तीका सचिव तथा भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष समेत हरेका हस्तबहादुर गुरुङले युवाको प्रतिनिधित्व, विगतको अनुभवका आधारमा काँग्रेस राप्तीलाई आफुले राम्रो तवरले लैजान सक्ने दाबी गरे ।

त्यस्तै शहिद श्रीनारायण चौधरीका जेठा छोरा टंकनाथ चौधरीलाई काग्रेस राप्तीको सभापति दिनु पर्ने कतिपयले आवाज उडठाउन थालेका छन् । प्रगन्ना कुलो मुल उपभोक्ता समिति र शान्ति सामुदायिक वन समुहका अध्यक्ष चौधरीलाई स्वर्गीय श्रीनारायण चौधरीले गरेको त्यागको सम्मानमा सर्बसम्मत सभापति बनाउनु पर्ने आवाज जबरजस्त बन्दै गएको छ ।

सोमवार बड्का सिसहनिया पार्टी कार्यालयमा भएको काँग्रेसको भेलामा वडा नं. ५, ६, ७ र ८ का वडा सभापति लगायत अन्य नेता कार्यकर्ताहरुले विद्याशरण चौधरीलाई सर्बसम्मत रुपमा सभापति दिनुपर्ने माग गरेका थिए ।

राप्ती गाँउपालिकामा काँग्रेसका पुराना ३ सय ७१ र नयाँ ४ सय २० गरि ७ सय ९१ क्रियाशिल सदस्य छन । यो गाउँपालिकाको वडा नं १ मा नयाँ र पुराना गरि १ सय २० क्रियाशिल सदस्य, वडा नं २ मा १ सय २४ क्रियाशिल सदस्य, वडा नं ३ मा ९५ जना क्रियाशिल सदस्य, वडा नं ४ मा १ सय १२ जना क्रियाशिल सदस्य, वडा नं ५ मा ६१ जना क्रियाशिल सदस्य, वडा नं ६ मा ९७ जना क्रियाशिल सदस्य, वडा नं ८ मा ६६ जना क्रियाशिल सदस्य र वडा नं ९ मा ३८ जना क्रियाशिल सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे