LISTEN LIVE RADIO

दाङका एक बालकको कोरोना संक्रमणबाट मृत्यु



दाङका एक बालकको कोरोना संक्रमणबाट मृत्यु

देउखुरी टुडेकर्मी, दाङ २४ असोज ।

दाङका थप एक जना बालकको कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारारत घोराही उपमहानगरपालिका–४ गोग्ली निवासी १५ वर्षका बालकको मृत्यु भएको हो ।

असोज १९ गते स्वाब दिएका बालकको जाँचपछि कोरोना पोजेटीभ देखिएको थियो । कोरोना रिर्पोट आएको चार दिनमा गएराती ८ :३५ बजे मृत्यु भएको भेरि अञ्चल अस्पताल बाँकेले जनाएको छ । यससंगै दाङमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे