LISTEN LIVE RADIO

दाङमा आज थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, २१ जना संक्रमणमुक्त, मृत्यु शुन्य



दाङमा आज थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, २१ जना संक्रमणमुक्त, मृत्यु शुन्य

दाङ २४ जेठ । दाङमा आज (सोमबार) ४३ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र दाङले दिएको जानकारी अनुसार १ सय १० जनामा कोरोना परिक्षण गर्दा १७ महिला र २६ जना पुरुषमा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा तुलसीपुरका १६, घोराहीका १३, लमहीका ११, शान्तिगर, दंगिशरण र बबइका १/१ जना रहेका छन् । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय १५ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या ६ हजार १५ पुगेको छ । यस्तै बितको २४ घण्टामा जिल्लामा २१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

जसमा तुलसीपुरका ३, घोराहीका ११, लमहीका ७ जना रहेका छन् । यासंगै बैशाखयता जिल्लामा कोरोना मुक्त हुनेको संख्या ६५ सय ६३ पुगेका केन्द्रले जनाएको छ । यस्तै बितेको २४ घण्टामा दाङमा कसैको मृत्यु भएको छैन । जिल्लामा बैशाख यता कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८८ पुगेको छ ।।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे