LISTEN LIVE RADIO

पछिल्लाे २४ घण्टामा ४४७२ जनामा काेराेना सङ्क्रमण पुष्टि, झन्डै ७ हजार जना संक्रमण मुक्त



पछिल्लाे २४ घण्टामा ४४७२ जनामा काेराेना सङ्क्रमण पुष्टि, झन्डै ७ हजार जना संक्रमण मुक्त

काठमाण्डाै २४ जेठ । गएको २४ घण्टामा नेपालमा चार हजार चार सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार दुई जनाकाे आरटी/पीसीआर र पाँच हजार नाै सय एक जनाकाे एन्टिजेन विधिमार्फत परीक्षण गर्दा चार हजार चार सय ७२ जनामा सङ्क्रमण पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अब नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या ६ लाख ६ हजार एक सय ५५ पुगेकाे छ ।

गएकाे २४ घण्टामा ६ हजार नाै सय ५१ जना सङ्क्रमणमुक्त भएसँगै अहिलेसम्म निकाे हुनेकाे सङ्ख्या चार लाख ९७ हजार नाै सय ६० पुगेकाे मन्त्रालयले जनाएकाे छ । अहिले काेराेना सङ्क्रमण निकाे हुने दर ८४ दशमलव २ प्रतिशत पुगेकाे छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्राप्त विवरणअनुसार थप ९२ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात हजार नाै सय ९० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे