दाङ देउखुरी सेवा समाजद्धारा कोरोना अस्पताल सिसहनियाँलाई अक्सिजन सिलिन्डर सहयोग



दाङ देउखुरी सेवा समाजद्धारा कोरोना अस्पताल सिसहनियाँलाई अक्सिजन सिलिन्डर सहयोग

सिसहनियाँ ८ जेठ । दाङ देउखुरी सेवा समाज दोहा कतार जिल्ला कार्यसमिति दाङले शनिवार कोरोना बिशेष अस्थायी अस्पताल सिसहनियामा ९ थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ ।

सेवा समाजको २ लाख १९ हजार रकम मध्ये कोरोना बिशेष अस्थायी अस्पताल सिसहनियाँमा २० हजार मुल्य बराबरको अक्सिजन सिलिन्डर अस्पतालका प्रमुख तथा मेसु डा. रेगनसिंह थापालाई समाजका वरिष्ठ उपाध्यक्ष सुर्य सुवेदी र सदस्य युद्धबहादुर भुसालले हस्तान्तरण गर्नु भएको छ ।
अहिले कोरोना अस्पतालमा १३ जना विरामी भर्ना भएका छन् ।

भने ६ जना निको भएका छन् । र ८ जनाको वैशाख यता मृत्यु भइसकेको छ । अस्पतालमा भर्ना भएका विरामी र अन्य नागरिकले स्वास्थ्य मापदण्ड पालना गर्ने हो र मनोबल उच्च राख्ने हो भने कोरोनाबाट बच्न सकिने अस्पतालका प्रमुख तथा मेसु डा. रेगनसिंह थापा बताउनु भयो । कार्यक्रममा हिको संस्थाका अध्यक्ष प्रकाश विष्ट, देवप्रसाद चौधरी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन तथा समाचार प्रमुख ओमप्रकाश गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे