पछिल्लाे २४ घण्टामा दाङमा १ सय ६० जनामा काेराेना संक्रमण पुष्टि, थप ६ जनाको मृत्यु



पछिल्लाे २४ घण्टामा दाङमा १ सय ६० जनामा काेराेना संक्रमण पुष्टि, थप ६ जनाको मृत्यु

दाङ ८ जेठ । पछिल्लाे २४ घण्टामा दाङमा शनिबार (आज) पनि कोरोना १ सय ६० जनामा संक्रमण काेराेना संक्रमण पुष्टि भएकाे छ । यता कोरोना संक्रमणबाट दाङमा थप ६ जनाको मृत्यु भएको छ । जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका अनुसार बितेको २४ घण्टामा पाँच पालिकाका ६ जनाको संक्रमणबाट निधन भएको हो ।

कोरोना संक्रमणबाट थप मृत्यु हुनेमा राप्ती गाउँपालिकाका २, घोराही, तुलसीपुर, बबई र गढवाका १\१ जना रहेका छन् । संक्रमणका कारण तुलसीपुर–७ का ६२ वर्षका पुरुष, घोराही–१४ का ४८ वर्षिय महिला, बबई–७ का ५१ व्र्षिय महिलाको कोरोना विषेश अस्पतालमा मृत्यु भएको छ । त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राप्ती गाउँपालिका वडा नम्बर ३ का ७४ वर्षका पुरुष र सोहL ठाउँकै ६४ वर्षिय पुरुषको कोरोना अस्पताल लमहीमा उपचारको क्रममा निधन भएको केन्द्रले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा जिल्लामा १६० जनामा संक्रमण देखिएकोमा ३७५ जना संक्रमणमुक्त भएका छन् । शनिबार पनि संक्रमणमुक्त हुनेदर जिल्लामा थपिनेको तुलनामा दोब्बरले बढी देखिएको छ । संक्रमणमुक्त हुने सबैभन्दा धेरै तुलसीपुरका रहेका छन् । तुलसीपुरका २३३ जना आज एकैदिन संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ९७ जना महिला र १३६ जना पुरुष संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी घोराहीका ६२ महिला र ५३ पुरुष गरी ११५ जना आज एकैदिन संक्रमण मुक्त भएका छन् । त्यसैगरी बबईका १०, लमहीका ९, बंगलाचुलीका ७, शान्तिगर र दंगीशरणका ४÷४ र राप्तीका ३ जना संक्रमणमुक्त भएका छन् । जिल्लामा बैशाख यता मात्रै ४ हजार ३८ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे