दाङमा कोरोना रोकथामका लागि प्रतिष्ठानलाई अर्थ मन्त्रालयबाट झण्डै ७ करोड रुपैयाँ उपलब्ध



दाङमा कोरोना रोकथामका लागि प्रतिष्ठानलाई अर्थ मन्त्रालयबाट झण्डै ७ करोड रुपैयाँ उपलब्ध

घोराही ४ जेठ । सरकारले कोरोना संक्रमण रोकथामका लागि आबस्यक स्रोत साधन तयार पार्न राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई झण्डै ७ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि प्रतिष्ठानको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि सरकारले ६ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने भएको हो ।

अर्थ मन्त्रालयले भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि उक्त बजेटको सहमति दिएको हो । मन्त्रालयका अनुसार कोरोनाको रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले सो स्रोत सुनिश्चित गरेको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अहिले कोरोना परिक्षण सँग संक्रमितको उपचार गर्दै आएको छ । सरकारले अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रूपैयाँको सहमति दिएको छ ।

अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रूपैयाँको सहमति दिएको हो । यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे