दाङमा थप २५० जनामा संक्रमण पुष्टि, १० जनाको मृत्यु,  ५ जना निकाे



दाङमा थप २५० जनामा संक्रमण पुष्टि, १० जनाको मृत्यु,  ५ जना निकाे

दाङ ४ जेठ । दाङमा मंगलबार एकै दिन २ सय ५० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही तथा जिल्ला बाहिर गरिएको पिसिआर परिक्षणमा २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

३ सय ५० जनाको स्वाब परिक्षण गर्दा १ सय १५ जना महिला तथा १ सय ३५ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै बैशाख यता अहिलेसम्म ५ हजार ४ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचाररत पाँच जनाले कोरोनालाई जितेका छन् । कोरोना संक्रमण भएपछि विभिन्न समयमा अस्पतालमा भर्ना भएका उनीहरु संक्रमण मुक्त भएपछि मंगलवार डिस्चार्ज गरिएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । उहाका अनुसार तुलसीपुर १८ का दुई जना पुरुष, घोराही १४ र १५ का गरी दुई पुरुष तथा बबई गाउँपालिका ३ का एक महिला गरी पाँच जनालाई डिस्चार्ज गरिएको हो ।

अहिले संक्रिय संक्रमितको संख्या २ हजार ५ सय २५ जना रहेको छ । कोरोनाका संक्रमित विरामीमध्ये अहिले सधिकांश संक्रमित घरमै रहेका छन् । अहिले १ सय ६४ जना संस्थागत आईशोलेशनमा बसेका छन् भने २ हजार ३ सय ६३ जना संक्रमित घरकै आइसोलेशनमा बसेका छन ।

यस्तै दाङमा वितेको २४ घण्टामा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुसीपुरका ५ जना सहित घोराही र बबईका २/२ जना र दंगीशरणका एक जना रहेको जिल्ला आपतकालीन कार्य संचालन केन्द्र दाङले जनाएको छ ।  मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ का ४८ वर्षिय महिला, वडा नम्बर १० का ३८ वर्षिय महिला, वडा नम्बर ५ का ४७ वर्षिय पुरुष को मृत्यु भएको हो ।

त्यसै गरि तुलसीपुरकै वडा नम्बर ७ का ५५ वर्षिय पुरुष र वडा नम्बर १९ का ७८ वर्षिय पुरुषको मृत्यु भएको केन्द्रले जनाएको छ । यस्तै यता घोराही उपमहानगरपालिका वडा नम्बर १७ का ९७ वर्षिय महिला र ७८ वर्षिय पुरुषको कोरोनाकै कारण मंगलबार मृत्यु भएको छ ।

उता बबई गाउँपालिका वडा नम्बर २ का ५० र ६० वर्षीय पुरुष लगाएत दंगीशरण गाउँपालिका वडा नम्बर ७ का ३७ वर्षिय पुरुषको पनि आज नै मृत्युु भएको छ । यो संगै बैशाख १ गते यता अहिलेसम्म जिल्लमा संक्रमणका कारण मृत्युहुनेको संख्या १ सय ३४ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे