प्रादेशिक अस्पताल तुलसीपुरमा अक्सिजन प्लान्टका लागी डेढ करोड बजेट



प्रादेशिक अस्पताल तुलसीपुरमा अक्सिजन प्लान्टका लागी डेढ करोड बजेट

दाङ, ४ जेठ । अर्थ मन्त्रालयले दाङ सहित १२ वटा अस्पतालका लागी झन्डै सत्र करोड बजेट सुनिश्चित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाङ सहित विभिन्न जिल्लाका १२ वटा अस्पतालहरुमा अक्सिजन पाईप लाईन र प्लान्ट स्थापना गर्नका लागी १६ करोड असी लाख थप निकासा गरी दिन माग गरे बमोजिम उक्त बजेट सुनिश्चित गरेको अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा शाखा अधिकृत खेमेन्द्रमणि घिमिरेले स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

उक्त बजेटबाट ११ वटा अस्पतालमा अक्सिजन प्लान्ट र एउटा अस्पतालमा अक्सिजन पाईप लाईन स्थापना गर्न खर्च गरिने भएको छ । जसअन्र्तगत राप्ती प्रादेशक अस्पताल तुलसीपुरमा अक्सिजन प्लान्ट स्थापना गरिने भएको छ । जसका लागी एक करोड ५० लाख बजेट अर्थ मन्त्रालयले खर्च गर्ने सहमती दिएको छ ।

यस्तैगरी स्याङजा अस्पताल, बैतडी अस्पताल, डोटी अस्पताल, अर्घाखाँची अस्पताल, पि चन्द्र अस्पताल नवलपरासी, तौलिहवा अस्पताल कपिलबस्तु, पाल्पा अस्पताल, बर्दिया अस्पताल, प्युठान अस्पताल र तेह्रथुम अस्पतालमा पनि अक्सिजन प्लान्ट स्थापनाका लागी खर्च गर्न डेढ करोड रुपैयाका दरले बजेट सुनिश्चित गरेको अर्थ मन्त्रालयले बताएको छ । यस्तै दमौली अस्पताल तनहुँमा हक्सिजन पाईप लाईन विस्तारका लागी तिस लाख बजेट सुनिश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे