दाङमा शनिवार १ सय ८४ जनामा काेराेना संक्रमण पुष्टि, ४ सय २३ जना निको



दाङमा शनिवार १ सय ८४ जनामा काेराेना संक्रमण पुष्टि, ४ सय २३ जना निको

दाङ १ जेठ । दाङमा शनिबार १ सय ८४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । केन्द्र अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही तथा जिल्ला बाहिर गरिएको पिसिआर तथा एन्टिजेन परिक्षणमा १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२ सय २० जनाको स्वाव परिक्षण गर्दा १ सय ६९ र ३० जनाको एन्टिजेन विधिमार्फत् परिक्षण गर्दा १५ जनामा गरी १ सय ८४ जनामा संक्रमण देखिएको हो । यो सँगै बैशाख महिना यता ४ हजार ६ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । अहिले संक्रिय संक्रमितको संख्या २ हजार ४ सय ७० जना रहेको छ । संक्रिय संक्रमितमध्ये १ सय ५९ जना संस्थागत आईशोलेशनमा बसेका छन् भने २ हजार ३ सय १२ जना संक्रमित घरकै आइसोलेशनमा बसेका छन । यस्तै संस्थागत आईशोलेशनमा रहेका १ सय ५९ जना मध्ये कोरोना बिषेश अस्पताल बेलझुण्डिमा ४९ जना उपचाररत रहेका छन ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ३६ जना बिरामी भर्ना भएका छन् । तुलसीपुरको मेट्रो सिटी अस्पतालमा २३, लमहीको रातोडाँडामा सञ्चालन गरिएको अस्पतालमा १३ जना, राप्ती र दंगीशरणमा ९/९ जना, शान्तिनगरमा ६, बबइमा ४ र बंगलाचुलीमा २ जनाको कोरोनाका विरामीको संस्थागत आईशोलेशनमा उपचार भैरहेको छ ।

यता संक्रमणदर सँगै निको हुनेको संख्या पनि बढ्दै गएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार शनिबार १ सय ८४ मा संक्रमण देखिदा ४ सय २३ जनाले कोरोनालाई जितेका छन् । बैशाख १ गते यता मात्रै दाङमा २२ सयभन्दा धेरै कोरोनाका विरामी निको भएका छन् । आज निको भएका ४ सय २३ जनासहित २ हजार २ सय ११ जना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे