दाङमा शनिबार थप ८ जना कोरोना संक्रमितको मृत्यु



दाङमा शनिबार थप ८ जना कोरोना संक्रमितको मृत्यु

दाङ १ जेठ । दाङमा शनिवार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा घोराहीका ५ जना, तुलसीपुर, दंगिशरण र गढवाका १/१ जना कोरोनाका विरामीको मृत्यु भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत घोरहीका ३ जनाको मृत्यु भएको छ । जसमा वडा नंम्वर १८ का ८८ र ४२ पुरुष तथा घोराही १२ का ६० वर्षिय पुरुषको मृत्यु भएको छ ।

यस्तै कारोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही १४ का ७४ महिला र वडा नंम्वर १५ का ४५ वर्षिय पुरुषको आजै मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै दंगिशरण गाउँपालिका ४ का ७० वर्षिय पुरुष बेलझुण्डीमै उपचारको क्रममा मृत्यु भएको छ । उता तुलसीपुरको मेट्रोसिटि अस्पतालमा उपचार गराईरहनु भएका ३७ वर्षिय पुरुषको पनि आज संक्रमणकै कारण मृत्यु भएको छ । योसंगै बैशाख १ गते यता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या जिल्लामा १ सय ९ पुगेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे