संजीवनी कलेजले लियो कोरोनाका बिरामी र स्वास्थ्यकर्मीको खाजा जिम्मा



संजीवनी कलेजले लियो कोरोनाका बिरामी र स्वास्थ्यकर्मीको खाजा जिम्मा

घोराही १ जेठ । सञ्जवनी कलेज घोराहीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई महिनाको खाजा खर्च सहयोग गर्ने भएको छ । नेपाल सञ्जीवनी ईन्स्च्यिूट अफ हेल्थ साईन्स प्रालिले राप्ती कोरोना भाईरसको महामारीको समयमा राप्ती स्वास्थ्य प्रतिष्ठानमा कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मी र कोरोनाका बिरामीहरुको दुई महिनाको खाजाखर्च बेहोर्ने भएको छ ।

प्रालिको बैठकले प्रतिष्ठानमा कोरोना भाईरस संक्रमणबाट उपचार गराईरहेका बिरामीहरु र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको जेठ र असार महिनाको खाजा खर्च ब्यहोर्ने निर्णय भएको प्रालिका प्रबन्ध निर्देशक खड्गबहादुर बुथाथोकीले जानकारी दिनुभयो । सञ्जीवनी कलेजले विभिन्न सामाजिक कार्यहरुमा क्रियाशील रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे