दाङको दंगीशरणमा १० बेडको आईशोलेशन तयार



दाङको दंगीशरणमा १० बेडको आईशोलेशन तयार

दंगीशरण ३० वैशाख । दाङको दंगीशरण गाउँपालिकाले कोभिड संक्रमितहरुको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र श्रीगाउँमा आईशोलेशन केन्द्रको स्थापना गरेको छ । आईशोलेशन केन्द्रमा ५ वटा सिलिण्डरसहित १० बेड रहेको छ । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले गाउँपालिकाले बेड थप गर्न सकिएपनि अक्सिजनको अभावका कारण समस्या भएको बताए ।

जिल्लामा नै अक्सीजनको ब्यवस्थापन गर्न गाह्रो भएकाले पनि यस्तो समस्या भएको बताउनुभयो । दंगीशरण गाउँपालिका हेकुली स्वास्थ्य चौकि प्रमुख टेक बहादुर खत्रीका अनुसार गाउँपालिकामा हालसम्म जम्मा १ सय ४ जना संक्रमित देखिएका छन् । गाउँपालिकाको ७ वटै वडाको ४६ जना महिला र ५८ पुरुष रहेका छन् । गाउँपालिकामा पिसीआर टेष्ट बाट पहिचान भएका ५० जना, एन्टिजेन टेष्ट बाट पहिचान भएका ५० जना र संक्रीय संक्रमित ७१ जना रहेका छन् । यस्तै ५९ जना होम आईशोलेशनमा रहेका छन् भने आईशोलेश केन्द्रमा ६ जना रहेका छन् । कोभिड अस्पतालमा भने ६ जना भर्ना भएका छन् । यस मध्ये अहिले सम्म २९ जना निको भईसकेका छन् । पालिकामा कोभिड संक्रमणबाट ४ जनाको ज्यान गईसकेको छ ।

यसैबिच,दंगीशरण गाउँपालिकाका जनप्रतिनिधिहरुले कोभिड १९ को जोखीम बढ्दै गएको भन्दै सक्रीय रुपमा लागिपर्ने भएका छन् । आज बुधवार गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय सरोकारवालाहरु बिच भएको छलफलमा विविध निर्णयहरु गरेको छ ।

गाउँपालिकामा कोभिड संक्रमणहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको भन्दै नागरीकहरुको सुरक्षाका लागि बिभीन्न निर्णय गरेको हो । गाउँपालिकाका प्रवक्ता विर बहादुर वलीका अनुशार पुराना खाली सिलिण्डर जम्मा गरि रिफिल गर्ने, अहिलेलाई बिग्रेका कन्सन्ट्रेटर मर्मत गरि नयाँ अक्सिजन कन्सन्ट्रेटर मेसीन खरीद गर्ने, गाउँपालिकामा बाहिर बाट आएका नागरीकहरुलाई स्थानीय प्रहरीहरुको सहकार्यमा होम क्वारेन्टाईनमा राख्ने, अक्सीजन आपुर्ती सहज गर्ने र थप सिलिन्डर खरीद गर्ने, पोजेटिभ रिपोर्ट आई होम आईसोलेसनमा बसेका संक्रमितहरुलाई स्वास्थ्यकर्मीहरुद्धारा आवशयक हेरचाहको ब्यवस्थापन गरिने, अस्पतालमा भर्ना हुन नसकेकालाई घरमै उपचारको ब्यवस्था मिलाउँने, गाउँपालिकामा रहेका ३ वटा एम्बुलेनसलाई २४ सै घण्टा स्टाण्डमा राख्ने निर्णय गरेको छ । यस्तै कसैलाई अप्ठेरो परेमा विर बहादुर वली ९८५७८२०८३०, दिपक गौतम,९८१०८३५६६९, श्रीप्रशाद चौधरी ९८०६२१२२०४, नेव बहादुर कवँर ९८६६९०२२८४ र नविन थापा ९८५११३८१४९ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे