प्युठानमा जेठ १५ गते सम्म लकडाउन लम्बियाे



प्युठानमा जेठ १५ गते सम्म लकडाउन लम्बियाे

प्युठान ३० बैशाख । प्युठानमा जारी लकडाउन पुन १५ दिन लम्ब्याउने निर्णय भएको छ । विहिवार बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले आउदो जेठ १५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो । यसअघि गरिएको लकडाउनको समय भोलि शुक्रवार सकिने भएपछि विहिवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागी जिल्लामा जारी लकडाउनमा अवधीभर पनि संक्रमणको जोखिम कायम भएकाले थप गर्ने निर्णय भएको हो ।

जिल्लामा अब देखी अत्यआवश्यक बाहेक कुनै पनि नागरिकलाई हिडडुल गर्न नदिईने भएको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षमा बसेको बैठकले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । यस्तै बैठकले प्युठान नगरपालिका बिजुवारमा रहेको जिल्ला स्तरीय आइसोलेस्न केन्द्रलाई थप ब्यबस्थापन गर्न जिल्ला स्थित रहेका सबै स्थानीय तहहरुले २ लाख रुपैयाका दर आर्थिक सहयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे