LISTEN LIVE RADIO

पछिल्लाे २४ घण्टामा ९ हजार ३ सय ५ जनामा काेराेना पुष्टि, थप १ सय ६८ जनाकाे ज्यान गयाे



काठमाण्डाै २९ बैशाख । गएकाे २४ घण्टामा नेपालमा नाै हजार तीन सय पाँच जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । २० हजार तीन सय ६२ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा नाै हजार दुई सय ३८ र चार सय २४ जनाकाे एन्टिजेनमार्फत परीक्षण हुँदा ६७ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै काठमाण्डौ उपत्यकामा गएको २४ घण्टामा तीन हजार नाै सय २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा तीन हजार दुई सय ५०, भक्तपुरमा दुई सय २६ र ललितपुरमा चार सय ४८ जनामा सङ्क्रमण देखिएको छ । यस्तै काेराेना सङ्क्रमणका कारण नेपालमा थप एक सय ६८ जनाकाे ज्यान गएकाे विवरण प्राप्त भएकाे छ ।

गएको २४ घण्टामा चार हजारभन्दा धेरै जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार गएको २४ घण्टामा चार हजार चार सय ४४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिले निको हुने दर ७४ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे