दाङको तुलसीपुरमा असिनापानीले किसानको तरकारीमा क्षति



दाङको तुलसीपुरमा असिनापानीले किसानको तरकारीमा  क्षति

तुलसीपुर २९ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियाका किसानले लगाएको तरकारीमा असिनाले क्षति पु¥याएको छ । आज दिउसो असिनासहितको पानी र हावाहुरीले तरकारी खेतिमा क्षति पु¥याएको किसान शिशिर रावतले बताए ।“ लकडाउनमा हामीले उत्पादन गरेको तरकारी नबिकेर तनाब भएको थियो, त्यसमा पनि अहिले असिनासहितको हावाहुरीले तरकारी खेतिमा ठूलो क्षति पु¥याएको छ”, उनले भने ।

लकडाउनका कारण  विभिन्न समस्या व्यहोर्दै आएका किसाहरू मुखैमा आएको बाली असिनाले सखाप बनाएपछि निराश बनेका छन्। बखरियामा करिब ३० बिघा क्षेत्रफलमा तरकारी खेति गरिएको छ । त्यहाँ लगाईएको टमाटर, खुर्सानी, भेडे खुर्सानीलगायतमा क्षति पु¥याउदा किसानहरु चिन्तित बनेका छन् । केहीले जग्गा लिजमा लिएर तरकारी खेति गरेका छन्, भने केहीले आफ्नै जग्गामा तरकारी खेति गरेका छन् । त्यहाँ अधिकांस टमाटर खेति रहेको रावतले बताए । दिउसो करिब ३ बजेतिर परेको असिना पानीले क्षति पु¥याएको हो । टमाटर खेतिको पहिलो बर्षमै असिनाले क्षति पु¥याएको रावतले बताए । उक्त टमाटर खेतिको बीमा पनि छैन् । त्यहाँ ७/८ जना किसान छन् । प्रत्येकको ५ देखि ७ लाखसम्म क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे