दाङमा आज सोमबार थप ३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि



दाङमा आज सोमबार  थप ३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि

दाङ २७ बैशाख। दाङमा आज ३ सय ९८ जना कोरोना संक्रमण थपिएका छन् । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार यससँगै जिल्लामा बैशाखयता कुल संक्रमितको सख्या ३ हजार ५ सय ६६ पुगेको छ। सक्रिय संक्रमितको संख्या २ हजार २ सय २९ रहेको छ ।

यस्तै जिल्लामा कोरोना संक्रमणबाट थप ६ जना संक्रमितको मृत्यु भएको छ । यो संगै बैशाखयता मृत्यु हुनेहरुको संख्या ७२ पुगेको छ । संक्रमणबाट मृत्यु हुनेहरुमा घोराहीका ३ जना र तुलसीपुर, दंगीशरण र राप्तीका १र१ जना रहेका छन् । जिल्लामा आज ७६ जना निको भएका छन् । यो संगै बैशाखयता जिल्लामा निको हुनेको संख्या १ हजार ३ सय ३७ पुगेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे