तुलसीपुरको बन क्षेत्रमा भालुको आतंक, एक महिला घाइते



तुलसीपुरको बन क्षेत्रमा भालुको आतंक, एक महिला घाइते

तुलसीपुर २७ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिकाको बन क्षेत्रमा भालुको आतंक रहेको छ । आज विहान ५ बजेतिर तुलसीपुर १६ को रड्गै, तुलसीपुर १५ सरैया लगायतका स्थानमा भालु पस्दा स्थानीय नै आतंकित बनेका थिए । स्थानीय युवा खगेन्द्र डाँगीका अनुसार पहेलपारको जंगलबार गाउँमा पसेको भालुले जनावर, मानिशमा आक्रमण गर्ने गरेको छ ।

भालुले तुलसीपुर १५ सरैया निवासी ३५ बर्षीया सुनिता हरिजाललाई पनि टोकेर घाइते भएको छ । साथै तुलसीपुर १६ निवासी दोर्णबहादुर बस्नेतले पालन गरेको भैसीलाई समेत आक्रमण गरेको छ । उक्त भालुलाई नियन्त्रणकालागि सुरक्षाकर्मीसहितको टोली पुगेपनि नियन्त्रणमा लिन सकेका छैनन् । डाँगीको अनुसाररड्गै टोलबाट भितुरिया टोलमा प्रवेश गरेको थियो । भितुरिया टोलमा प्रवेश गरेपछि घर भित्रै भालु छिर्न थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे