नेपालमा गएकाे २४ घण्टामा थप ९ हजार दुई सय ७१ जनामा काेराेना पुष्टि, संक्रमणबाट एकै दिनमा १३९ जनाको मृत्यु



काठमाण्डाै २७ बैशाख । नेपालमा गएकाे २४ घण्टामा नाै हजार दुई सय ७१ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । १७ हजार ६ सय २३ जनाको पीसीआर र सात सय ८८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा नाै हजार दुई सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो । याेसँगै नेपालमा अहिलेसम्म चार लाख तीन हजार सात सय ९४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । नेपालमा अहिले ९३ हजार एक सय ४१ जना सक्रिय सङ्क्रमित छन् ।

यस्तै कोरोना सङ्क्रमणका कारण गएको २४ घण्टामा एक सय ३९ जनाको ज्यान गएको छ । एकै दिन ज्यान गुमाउनेकाे यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । केही दिनयता नेपालमा कोरोना सङ्क्रमितको मृत्युदर निकै बढेको छ । हिजो ८८ जनाको ज्यान गएको थियो, आज त्यो सङ्ख्या बढेर एक सय ३९ जनाको ज्यान गएको छ । योसहित अहिलेसम्म तीन हजार आठ सय ५९ जनाको ज्यान गएको छ ।

आज एकै दिन चार हजारभन्दा धेरैले कोरोनालाई जितेका छन् । गएको २४ घण्टामा चार हजार सात सय जना कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ६७ हजार ९४ पुगेकाे छ । अहिले नेपालमा काेराेना निकाे हुने दर ७६ प्रतिशत रहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे