दाङमा १४ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि, एककाे अवस्था गम्भीर, अन्य सबैकाे अवस्था सुधारान्मुख



दाङमा १४ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि, एककाे अवस्था गम्भीर, अन्य सबैकाे अवस्था सुधारान्मुख

दाङ २५ वैशाख  ।  दाङमा १४ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये  एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर रहेका छन् । उनको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । अन्य १२ जना पत्रकार अहिले होमआइसोलेसनमा बसेको पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए ।

साथै उनले जिल्लामा रहेका पत्रकारहरुको अवस्थाको स्वास्थ्यको बारेमा जानकारी लिइरहेको र उनीहरुको अवस्था सुधारान्मुख रहेको बताए ।  कतिपय पत्रकारको परिवारनै संक्रमित भएको बताए ।  संक्रमित पत्रकारहरु घरमा बस्दा परिवारलाई नै संक्रमण फैलने समस्या समेत रहेकोले पत्रकार महासंघको हलमा ६ बेडको आइसोलेसनको स्थापना गरेको पनि बताए ।

सो आइसोलेसन स्थापना गरिए पनि आइसोलेसन सेन्टरमा अक्सिजनको अभाव रहेको उनको भनाइ छ । पत्रकार देवीराम कुसारीको समन्वयमा घोराही उपमहानगरपालिका १५ का शितल रावतले दुई वटा सिलिण्डर सहयोग गरेको पनि उनले बताए । उक्त आइसोलेसन सेन्टरलाई कम्तिमा १० वटा सिलिण्डरको आवश्यकता रहेकोले अक्सिजन सहयोग गर्न सहयोगिदातालाई केसीले आह्वान पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे