दाङमा शनिवार ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि



दाङमा शनिवार ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

दाङ २५ बैशाख । दाङमा शनिवार (आज) ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही तथा जिल्ला बाहिर ५ सय २ जनाको पिसिआर परिक्षण गर्दा ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा तुलसीपुरका १ सय ६० जना, घोराहीका १ सय ९ जना, लमहीका १२, राप्तीका १६, शान्तिनगरका ५, दंगीशरणका ४, बबई र बंगलाचुलीका २/२ जना र राजपुरका एक जना रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । बैशाख महिनाको अहिलेसम्म ३ हजार ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

अहिले सम्म जिल्लामा ६ हजार ४ सय ४४ जना कोरोनाबाट संक्रमित भएका छन । यस्तै आज दाङमा एकैदिन १ सय ७१ जना कोरोना संक्रमित निको भएका छन् । आज निको हुनेमा १ सय १५ जना पुरुष र ५६ जना महिला रहेका छन् । आज निको भएका संगै बैशाखयता जिल्लामा १ हजार ४४ जना संक्रमण मुक्त भएका छन् ।

यो सँगै अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या ४ हजार ३ सय ३६ पुगेको छ । यस्तै अहिले जिल्लामा २ हजार ११ जना संक्रिय संक्रमित रहेका छन् ।संक्रिय संक्रमित मध्ये अहिले अधिकांश होम आईशोलेशनमै बसेका छन् । अहिले दाङमा होम आईशोलेशनमा बस्ने विरामीको संख्या १ हजार ८ सय ९२ रहेको छ ।

यस्तै कोरोना बिषेश अस्पताल बेलझुण्डिमा ६२ जना उपचाररत रहेका छन । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ४१ जना र लमहीको रातोडाँडामा सञ्चालनग गरिएको अस्पतालमा १२ जना कोरोनाका विरामीको उपचार भैरहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे