पछिल्लाे २४ घण्टामा नेपालमा ५४ जनाकाे ज्यान गयाे, थप ९ हजार ७० जनामा काेराेना सङ्क्रमण पुष्टी



पछिल्लाे २४ घण्टामा नेपालमा ५४ जनाकाे ज्यान गयाे, थप ९ हजार ७० जनामा काेराेना सङ्क्रमण पुष्टी

काठमाण्डाै २३ बैशाख ।    पछिल्लाे २४ घण्टामा काेराेना भाइरसकाे सङ्क्रमणबाट देशभर थप ५४ जनाले ज्यान गएकाे छ । याेसँगै ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार पाँच सय २९ पुगेकाे छ ।  यस्तै पछिल्लाे २४ घण्टामा देशभर नाै हजार ७० जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

२० हजार तीन सय ६७ जनाकाे पीसीआर परीक्षण गर्दा आठ हजार नाै सय ७० जना र सात सय ७५ जनाकाे एन्टिजेन परीक्षण गर्दा एक सय जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या तीन लाख ६८ हजार पाँच सय ८० पुगेकाे छ ।

यस्तै पछिल्लाे २४ घण्टामा दुई हजार सात सय सात जना निकाे भएसँगै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या दुई लाख ९२ हजार चार सय ९० पुगेकाे छ ।   आज देशभर ७२ हजार पाँच सय ६१ जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे