नेपाल सुपर लिगमा ललितपुरकाे पहिलाे जित



नेपाल सुपर लिगमा ललितपुरकाे पहिलाे जित

काठमाण्डाै २३ बैशाख । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ । दशरथ रङ्गशालामा बिहीवार भएकाे पहिलाे खेलमा बुटवल लुम्बिनी एफसीलाई एक–शून्य गोल अन्तरले पराजित गर्दै ललितपुरले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

ललितपुरलाई जिताउन नुर्लान नोभ्रुजुभ जाहिदले निर्णायक गोल गरे । जितसँगै ललितपुरले पाँच खेलमा ६ अङ्क जोडेको छ । बुटवलकाे भने पाँच खेलमा पाँच अङ्क छ । दाेस्राे खेलमा अहिले काठमाण्डौ रेजर्स एफसी र विराटनगर सिटी एफसी खेल्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे