लकडाउनमा रगत अभाव हुन नदिन तुलसीपुर नगर जेसिजद्वारा रक्तदान



लकडाउनमा रगत अभाव हुन नदिन तुलसीपुर नगर जेसिजद्वारा रक्तदान

तुलसीपुर २२ वैशाख । लकडाउनमा रगत अभाव नहोस् भनि तुलसीपुर नगर जेसिजले रक्तदान अभियान सुरु गरेको छ । मंगलबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम सुरु गरेको हो । यो अभियानलाई निरन्तरता दिने अध्यक्ष नेत्रलाल भट्टराई(नारायण)ले बताए ।

अध्यक्ष नारायणको अध्यक्षता भएको अभियानले बिरामीले आवश्यक पर्दा फोन कल मार्फत पनि भनेकै समयमा रगत उपलब्ध गराउने छ । कार्यक्रम संयोजक तुलसीपुर नगर जेसिजका उपाध्यक्ष शिव न्यौपानेको स्वागतबाट सुरु भएको रक्तदान अभियान नियमित रुपमा अघि बढाइने बताइएको छ ।

यसै गरि कोरोना संक्रमणका बिरामीलाई अक्सिजनको आपूर्तिमा पनि जेसिजले काम गरिरहेको अध्यक्ष नारायणले बताए । उनका अनुसार खेर जाने रगतलाई दान गरेर सहयोग गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे