दाङमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको दाहसंस्कारका लागि दाउरा काट्ने अभियान शुरु



दाङमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको दाहसंस्कारका लागि दाउरा काट्ने अभियान शुरु

दाङ २२ वैशाख । दाङकाे तुलसीपुर १२ का युवाहरुले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको दाहसंस्कारका लागि दाउरा काट्ने अभियान शुरु गरेका छन् । हालसम्म उनीहरुले करिब सात ट्याक्टर दाउराको व्यवस्थापन गरेका बताएका छन् ।

उनीहरुले बबई नदीको सितलपुरघाटमा शव जलाउन आउनेले आफ्नो आफन्तको अन्तिम दाहसंस्कार राम्रो तरिकाले गरुन भन्ने उद्देश्यले यस्तो अभियान चलाएका हुन् ।दाउराको जोहो नभएकोले आफन्तीले लासलाई राम्रोसंग जल्न नपाउदै घाटबाट जाने भएकोले त्यस वरपरका स्थानीय र गोठालो गएका व्यक्तिहरु तर्सिद हुने अवस्थाको सिर्जना भएकोले अबका दिनमा त्यसो नहोस भनेर यस्तो अभियान सुरु गरेको पत्रकार देविराम कुसारीले बताए ।

कुसारीसंगै त्यहाँका युवाहरु पुष्पराज गिरी, हेमराज डाँगी, जीवन गिरी, भिम बहादुर भण्डारी, सुशील गिरी, दिलिप योगी लगायतका युवा तथा आनन्दवाक सामुदायिक वनका सम्पूर्ण सदस्यले यो अभियानमा हातेमालो गरेका छन् । साथै यस अभियानमा समाजसेवी मोहन पौडेल र खगेन्द्र अधिकारीले दाउरा सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे