LISTEN LIVE RADIO

शंकर पोखरेललाई दाङकै सांसद अमर डाँगीले साथ छाडे, डाँगी गठबन्धनतिर



शंकर पोखरेललाई दाङकै सांसद अमर डाँगीले साथ छाडे,  डाँगी गठबन्धनतिर

तुलसीपुर २२ वैशाख । दाङ क्षेत्र नं. २ को प्रदेशसभा‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले पनि शंकर पोखरेलको साथ छोडेका छन् । विगतदेखि माधव नेपाल समूहमा रहेका डाँगी पार्टीमा देखिएको दुई धारको संघर्षका क्रममा केपी समूहका केन्द्रीय सदस्य बनेका थिए ।

तर, अहिले पुनः माधव नेपाल समूहमा आउने गरि लुम्बिनी प्रदेशमा संकर पोखरेलको साथ छोडेको लुम्बिनी प्रदेशका सांसद इन्द्रजित थारुले बताए ।“अहिले हाम्रो (काँग्रेस–माओवादी केन्द्रसहित) गठबन्धनलाई साथ दिने गरि उहाँ आउने कुरा छ”, थारुले भने“ उहाँ पहिले पनि माधव नेपाल समूहको मान्छे हो, त्यसैले माधव समूहमै रहने गरि आउनुहुन्छ ।”

उनले थपे“सांसद पदबाट राजीनामा दिएर हुन्छ वा गठबन्धनलाई कसरी सजिलो हुन्छ, उहाँले त्यसरी नै कदम चाल्नुहुन्छ ।” डाँगी घोराहीका पूर्व नगरप्रमुख पनि हुन् । यस अघि दाङ क्षेत्र नं. ३ को प्रदेशसभा (ख) बाट निर्वाचित विमला ओली माओवादी केन्द्रमा प्रवेश गरेपछि लुम्बिनी प्रदेशमा तरंग पैदा भएको थियो । लुम्बिनी प्रदेशमा त्यतबेला एमालेका ४१ सांसद थिए ।

त्यो मुख्यमन्त्रीकालागि शंकर पोखरेललाई बहुमत संख्या थियो । बिमला नै माओवादी केन्द्रमा प्रवेश गरेपछि एमालेका सांसद ४० भए र शंकर पोखरेल अल्पमतमा परेका थिए । लगतै एमालेकै थप ३ सांसदले पदबाट राजीनामा दिएपनि दुई सांसदले भने पुनः विज्ञप्ति निकालेर पोखरेललाई नै साथ दिएको बताएका थिए । राजीनामा दिएका दृगनारायण पाण्डे भने यस अघि नै काँग्रेसमा प्रवेश गरिसकेका छन् । अब लुम्बिनी प्रदेशसभा एमालेका ३८ सांसद मात्रै रहन्छन् । शंकर पोखरेललाई दाङकै साथ दिन छोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे