LISTEN LIVE RADIO

दाङकाे तुलसीपुरमा ४१ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १७५



दाङकाे तुलसीपुरमा ४१ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १७५

तुलसीपुर १०वैशाख । तुलसीपुरमा शुक्रबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै तुलसीपुरमा कोरोनाका संक्रिय संक्रमितको संख्या १७५ पुगेको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले बताए ।

हालसम्म तुलसीपुरमा जम्मा संक्रमितको संख्या १०२० पुगेको छ । भने कोरोनालाई जितेर घर जानेको संख्या ८३६ पुगेको छ । जसमध्य २५६ महिला छन् भने ५८० पुरुष रहेको छन् । साथै हाल सम्म तुलसीपुरमा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ । जसमध्य ५ जना महिला र २० जना पुरुषको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो समय तुलसीपुरमा समुदायस्तरमा ७९२ जनामा कोरोना देखिएको छ । भारतबाट आएका ८१ जनामा, तेस्रो मुलुकबाट आएका १२ जनामा, ३४ जना स्वास्थ्यकर्मीमा, ३० जना नेपाली सेना, ५ जना नेपाल प्रहरी, ६ जना जनप्रतिनिधी, ४२ कर्मचारी, १८ शिक्षक, ७ जना विद्यार्थी र ३ जना पत्रकारलाई हालसम्म कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे