LISTEN LIVE RADIO

लमही अस्पतालमा दक्ष डाक्टरकाे अभाव हुँदा सेवा प्रवाहमा समस्या



लमही अस्पतालमा दक्ष डाक्टरकाे अभाव हुँदा सेवा प्रवाहमा समस्या
लमही ७ बैशाख । लमही अस्पतालमा दक्ष डाक्टरकाे अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएकाे छ । लमही अस्पतालमा दक्ष डाक्टर र व्यवस्थापनकाे पाटाे सबल बनाएर लाैजानुपर्ने अति आवश्यक रहेकाे लमही अस्पतालमा भर्खरै मात्र सरुवा भएर आएका डाक्टर सुमित प्रजापतिले बताएका छन् ।
भरतपुरबाट सरुवा भएर लमही अस्पतालमा आएका डा प्रजापतिले   पत्रकार संगकाे भेटमा यस्ताे बताएका हुन् । हामी संग दक्ष जनशक्ति अभाब छ । अभाबका बीचमा पनि सेवा दिनुपरिरहेकाे अबस्था छ उनले भने । पाँच जना डाक्टरकाे दरबन्दी भएपनि १ जनाले काम चलाउनु परिरहेकाे छ ।
भन्दै अब माैसम परिबर्तन हुन थाल्याे बिरामीहरु बढ्दै गइरहेका छन् उनले भने । अहिले ज्वरो ,रुघाखाेकीका बिरामीहरु दैनिकी ७०/१०० जना आउने गरेका छन् । पहिले ३०/४० जना मात्रै आउने गर्दथे । हाइबे क्षेत्र भएकाले दुर्घटना पनि हेर्नूपर्छ । देउखुरीका सबै स्थानीय तहका स्थानीय लाइ पनि सेवा दिनुपर्छ बढाे कठिन छ ।  देउखुरी भरिकाे सुबिधावाला ठुलाे अस्पतालनै लमही हाे । यहाँ समान्य अप्रेशन, ओपिडि, ल्याब, एक्सरे, इसिजी सेवा दिइरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे