कोरोनाबाट तुलसीपुरका एक महिलाको मृत्यु



कोरोनाबाट तुलसीपुरका एक महिलाको मृत्यु

तुलसीपुर ६ वैशाख । कोरोनाबाट तुलसीपुरका एक महिलाको मृत्यु भएको छ । बाँकेको भरी अस्पतालको आइसोलेसनमा उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी २० बर्षीया महिलाको मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

सोमबार विहान साढे १० बजेको समयमा उनको मृत्यु भएको हो । उनलाई चैत ३० गते कोरोना पुष्टि भएको थियो । साथै उनको शवलाई दाङ ल्याउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे