LISTEN LIVE RADIO

तुलसीपुरमा थप १६ कोरोना संक्रमित थपिए



तुलसीपुरमा थप १६ कोरोना संक्रमित थपिए

तुलसीपुर ६ वैशाख । तुलसीपुरमा सोमबार थप १६ जना कोरोना संक्रमित थपिएका छन् । ४५ जनाको पीसीआर परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का एक महिला र चार जना पुरुष, वडा नं. ६ का दुई जना महिला र दुई जना पुरुष, वडा नं. ३ का दुई जना पुरुष, वडा नं. १२ का तीन जना पुरुष, वडा नं. १८ का एक जना पुरुष र वडा नं. ९ का एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो । १८ वर्षदेखि ६५ वर्ष उमेर समुहकालाई संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे