दाङको तुलसीपुरमा बैशाख १८ गते थरुहट थारुवान राष्ट्रिय मोर्चाको बृहतसभा हुने



दाङको तुलसीपुरमा बैशाख १८ गते थरुहट थारुवान राष्ट्रिय मोर्चाको बृहतसभा हुने

दाङ ६ बैशाख । थरुहट थारुवान राष्ट्रिय मोर्चाको यहि बैशाख १८ गते हुने दासता विरुद्धको तेस्रो चरणको बृहत सभाको तयारीको बारेमा तुलसीपुरमा छ्लफल गरेको छ । छलफलमा सहभागीहरुले झुट्टा मुद्धा लगाएर जेल जीवन बिताइ रहेका माननिय रेशम चौधरी लगायत अन्य निर्दोष ब्यक्तिलाई बिना सर्त रिहा गर्नु पर्ने ,थारुहरुको मागलाई वार्ता र सम्बाद मार्फत सम्बोधन गरि त्यसलाई कार्यान्वयन गर्ने लगायतका कुरामा जोड दिएक थिए ।

त्यसैगरी थरुहट थारुवान राष्टिङय मोर्चाको केन्द्रीय निर्णय अनुसार यहि बैशाख १८ गते दाङको तुलसीपुरमा हुने थरुहट थारुवान राष्ट्रिय मोर्चाको बृहत सभाको तयारिको लागि मोर्चाले दाङ जिल्ला कार्यसमितिलाई जिम्मा दिएको दाङ मोर्चाका सचिब जितेन्द्र चौधरीले जानकारी दिए ।

छ्लफलमा मोर्चाका केन्द्रिय सल्लाहकार सुरेन्द्र चौधरी ,महावीर चौधरी ,शोमती चौधरी ,शुशिला चौधरी ,प्रदेश सांसद कृष्ण कुमार चौधरी ,कैलाली जिल्ला संयोजक माधव चौधरी ,शरण थारु,महेश थारु,धनश्याम थारु, धनश्याम मङगोल, जनकलाल चौधरी, शिव कुमार चौधरी ,लगायतकाले बोलेका थिए । मोर्चाले यहि बैशाख १८ गते हुने बृहत सभालाई सफल बगाउनको लागि विभिन्न सघ सस्था, उद्योगी, ब्यापारी, राजनीतिक दल, प्रहरी प्रशासन ,पत्रकार लगायत सम्पुर्ण लाई आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे