जखेरा तालमा फागुन २७ गते हुने साँस्कृतिक कार्यक्रममा ज्योती मगर आउँदै



जखेरा तालमा फागुन २७ गते हुने साँस्कृतिक कार्यक्रममा ज्योती मगर आउँदै

लमही १८ फागुन । लुम्बिनी प्रदेशको चर्चित पर्यटकीय क्षेत्र जखेरा तालमा महा शिवरात्री पर्वको अवसर पारी भव्य साँस्कृतिक कार्यक्रम हुने भएको छ । लोक दोहोरी गायिका तथा मोडेल ज्योती मगरको कार्यक्रममा बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ ।

स्थानीय काला, संस्कृति र सम्पदाको संरक्षण गर्नका लागि कार्यक्रमको आयोजना गरिएको जखेरा शिवालय धार्मिक पर्यटन विकास प्रतिष्ठानका महासचिव लोकमणी बन्जाडेले जानकारी दिएका छन् ।

हरेक वर्ष शिवरात्री पर्वको अवसरमा जखेरा तालमा लाग्ने मेलाले स्थानीय तथा राष्ट्रिय कलाहरुको सम्वद्र्धधन गर्दै लोक संस्कृतिलाई उचाईमा पु¥याउन टेवा दिइरहेको ताल संरक्षण समितिका सह–अध्यक्ष रविध्वज थापाको भनाई छ ।

फागुन २७ गते हुने साँस्कृतिक कार्यक्रममा ज्योती मगर सहित गायक दोषहरण चौधरी, गायिका वसन्ती चौधरी, कार्यक्रम प्रस्तोता अनुप बुढामगर, मोडेल अभिमान चौधरी तथा डिक्र्यु डान्स ग्रुरुप र देउखुरी डान्सिङ एण्ड सिङ्गीङ स्टारको सम्पुर्ण टिमले बेजोड साँस्कृतिक प्रस्तुति गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे