LISTEN LIVE RADIO

जनमोर्चा निकट अखिल नेपाल युवक संघद्धारा घोराहीमा एमसिसी र भ्रष्टाचार विरुद्ध मोटरसाइकल ¥याली



जनमोर्चा निकट अखिल नेपाल युवक संघद्धारा घोराहीमा एमसिसी र भ्रष्टाचार विरुद्ध मोटरसाइकल ¥याली

घोराही १८ फागुन । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक सङ्घ घोराही नगर समितिले राष्ट्रघाती एमसिसी सम्झौता र भ्रष्टाचारका विरुद्ध सोमवार घोराहीमा अटो तथा मोटरसाइकल ¥याली निकालेको छ । घोराहीको ट्राफिक चोकबाट सुरु भएको ¥याली गुजुरी बजार, नयाँबजार, आर्मी ब्यारेक, लखनपार्क, दामोदर चोक, तुलसीपुर चोक, नापी शाखा चोक, जिल्ला प्रसासन तथा मालपोत चोक, नगरपालिका अदालत रोड हुँदै सहिदगेट पुगेर कोणसभामा परिणत भएको थियोे ।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष गणेश आचार्यले एमसिसी सम्झौता कार्यान्वयनमा आए देशको राष्ट्रियता र असंलग्न परराष्ट्र नीति सबै ध्वस्त हुने बताए । भ्रष्टाचारलाई मात्रै रोक्न सके र हाम्रा प्राकृतिक श्रोतसाधनलाइ ठिकसित प्रयोग गरेमा एमसिसीबापत आउने भनिएको ५५ अरब होइन, हजारौँ अरब रुपियाँ हाम्रै देशमा भएको कुरा उनले बताए ।

कार्यक्रममा अखिल नेपाल युवक सङ्घका केन्द्रीय उपाध्यक्ष तथा जिल्लाध्यक्ष चित्र एमसीले सबै खाले राष्ट्रघात, भ्रष्टाचार र अनियमितताका विरुद्ध युवक सङ्घ खबरदारी गर्दै आएको बताए । कार्यक्रमको सहजीकरण अखिल (छैठौं) की केन्द्रीय सदस्य खग्रेन्द्रा विष्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे