LISTEN LIVE RADIO

लमहीमा व्यापारीक महोत्सव सुरु, दाङ चेम्बरका अध्यक्ष अग्रवालद्वारा उद्घाटन



लमहीमा व्यापारीक महोत्सव सुरु, दाङ चेम्बरका अध्यक्ष अग्रवालद्वारा उद्घाटन

लमही ५ माघ । दाङको लमहीमाब शुक्रबार देखि १७ गतेसम्म  ‘दोस्रो देउखुरी  कृषि, पर्यटन, उद्योग तथा  व्यापारीक महोत्सव २०८०’ सुरु  भएको छ ।

सो महोत्सवको दाङ चेम्बर अफ कमर्स दाङका अध्यक्ष  बिकास अग्रवालले उद्द्घाटन गरेका छ । महोत्सवको लुम्बिनी  प्रदेश सरकारका मुख्यमन्त्री  डिल्लीबहादुर चौधरीले उद्दघाटन गर्ने  तय भए पनि मुख्यमन्त्री चौधरीलाई रास्ट्रिय सभाको निर्वाचन आचारसंहिता लागेपछि दाङ चेम्बर अफ कमर्स दाङका अध्यक्ष अग्रवालले उदघाटन गरेका हुन् । उदघाटन गर्दै अग्रवालले देउखुरीको मुटु लुम्बिनी प्रदेश राजधानी रहेको क्षेत्र  लमही ब्यापार उद्योग देखि  कृषिका पर्बल सम्भावना  रहेकोले यसको प्रबर्द्धनका लागि महोत्सवले टेवा  पुराउने बताए ।

पछिल्लो समयमा बढ्दो बिदेश युवा पलायन रोक्न रोजगार  बढाउन कृषि र उधोग बढाउन आबश्य  रहेको बताए । उनले प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर  चौधरीले २ लाख युवालाई रोजगार  दिने गरि प्रदेश सरकारले कार्यक्रम  ल्याएकोमा प्रशंसा गर्दै कार्यान्यनको माग गरे । अहिले ब्यापारमा तरता छ, अर्को  बैंकमा पैसा थुप्रो  लागेको अबस्था छ।बैंकहरुको चर्को ब्यजदर र अनेक  बहाना दुख्ख दिने काम भएको छ, बैंक आतंक बन्द गरि सुलभ कर्जा पाए फेरि  आर्थिक  चलमायन हुन्छ  उनले  भने । महोत्सवले  देउखुरीमा उत्पादन  भएका रैथाने  कृषि  उत्पादन  ,यहाँका धार्मिक  तथा पर्यटकिय ,थारु कल्चर प्रचारप्रसारमा सहयोग  पुग्ने बताए ।कार्यक्रममा सहभागी  राजनीति दल, संघ सस्थाहरुका प्रतिनिधिहरुको बाक्लो सहभागीता रहेकोथियो । विभिन्न  भेष भुषा सहित  झाकी रनिकालिएको  थियो

देउखुरी कृषि, पर्यटन, उद्योग तथा  ब्यापारिक महोत्सव लमही नगरपालिका वडा नम्बर ५ मा अबस्थित जैविक बिबिधता ग्रीन पार्क परिसरमा संचालन भएको  छ  ।

महोत्सवमा कृषि, पर्यटन, उद्योग, व्यापारलगायत क्षेत्रका १ सय ५० बढि स्टल रहको चेम्बर अफ कमर्सका महासचिव केशव अधिकारले बताए ।  हाल सम्म महोत्सवको करिब ७० भन्दा बढि स्टल बुकिङ्ग भइसकेको मेला ब्यबस्थापक बिनोद बुढाथोकीले जानकारी दिए । महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवालाई प्राथमिकता दिइने मेला आयोजक चेम्बर अफ कमर्सको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे