LISTEN LIVE RADIO

लालमटिया महोत्सवको छैठौं दिन : गायक रमेशराज भट्टराई र राजेन्द्र चौधरीको प्रस्तुती



लालमटिया महोत्सवको छैठौं दिन : गायक रमेशराज भट्टराई र राजेन्द्र चौधरीको प्रस्तुती

भालुवाङ २ माघ । दाङको राप्ती गाउँपालिका २ लालमटिया टुडिखेलमा सञ्चालन भइरहेको छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवलाई आज पनि हजारौं दर्शकहरुले अवलोकन गरेका छन् । माघी पर्वको बिदाले पनि महोत्सवमा रौनकता ल्याउन छ ।“कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान” भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा पुस २६ गते देखि माघ ८ गते सम्म लालमटिया टुडिखेलमा महोत्सव सञ्चालन गरिएको छ । महोत्सवमा मंगलवार चर्चित गायक रमेशराज भट्टराईले तिमी लास्टै ब्युउटि छौ, बेहुला बनाउछु भन्थि बहुला बनाएर गई, राजा राजा भन्थि मलाई बाजा बजाएर गई, खुट्टा भए जुत्ता छानी छानी पाइन्छ बजारमा, बबाल भो बबाल भो लगायत आधा दर्जन गितहरु गाएर दर्शकलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । उनले गाएको गीत मध्ये बेहुला बनाउछु भन्थि बहुला बनाएर गई बोलको गीतमा साँच्चै युवा युवतीहरु माया प्रेममा बहुला भएको जस्तो देखिन्थे उनले गायक गीतहरुमा प्रया युवाहरु झुमेका थिए । त्यस्तै कार्यक्रममा थारु गायक राजेन्द्र चौधरीले पनि आफ्ना थारु नेपाली गीत मार्फत दर्शकहरुलाई नचाएका थिए । भने कुशल कार्यक्रम सञ्चालिका तथा गायिका सर्मिला अर्यालले पनि बीच बीचमा आफ्ना सांगेतीक प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएकी थिइन् । त्यस्तै स्थानीय कलाकारहरुले पनि आ–आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए ।यसैगरी महोत्सवमा माघ ३ गते चर्चित गायक बद्री पंगेनी, चन्द्र शर्मा र गायिका तथा कार्यक्रम सञ्चालिका शर्मिला अर्याल लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । महोत्सव अवधिभर करिब ४ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र ७ करोड बराबरको कारोवार हुने अनुमान रहेको महोत्सव संयोजक सुरज खड्काले जानकारी दिएका छन् । स्थानीय उत्पादित वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने महोत्सवको उदेश्य रहेको छ । संघको भवन निर्माण तथा विपत व्यवस्थापन कोष बनाउने मुख्य लक्ष्य सहित महोत्सव सञ्चालन गर्न लागेको संयोजक खड्काले बताए ।

महोत्सवले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्ने आयोजकको दावी रहेको छ । महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषि समेतको विकास र विस्तार गर्नका लागि स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, चर्के पिङ, बाल उद्यान रहेका छन् । महोत्सव अवधीभर सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति ९० रुपैया, विद्यार्थीका लागि परिचय—पत्रका आधारमा ७० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगतालाई परिचय—पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । महोत्सव अवधीभर न्यु डान्स क्रेशनको साथै ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे