LISTEN LIVE RADIO

लालमटिया महोत्सवमा एकै दिन हजाराै दर्शकको उपस्थिती, राज कुश्मीको प्रस्तुतीमा दर्शकको हुटिङ



लालमटिया महोत्सवमा एकै दिन हजाराै दर्शकको उपस्थिती, राज कुश्मीको प्रस्तुतीमा दर्शकको हुटिङ

भालुवाङ १ माघ । दाङको राप्ती गाउँपालिका २ लालमटिया टुडिखेलमा सञ्चालन भइरहेको छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवलाई एकै दिन करिव १० हजार दर्शकले अवलोकन गरेका छन् । माघ १ गते सोमवार पाँचौ दिन महोत्सवमा जनसागर उर्लिएको महोत्सव संयोजक सुरज खड्काले जानकारी दिएका छन् ।  मजदुरी गरेर माघी पर्व मनाउन घर फर्किएका थारु समुदायहरुको महोत्सव भिड देखिन्थ्यो । माघी पर्वले पनि महोत्सवमा रौनकता ल्याउन छ ।

“कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान” भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा पुस २६ गते देखि माघ ८ गते सम्म लालमटिया टुडिखेलमा महोत्सव सञ्चालन गरिएको छ । महोत्सवमा सोमवार चर्चित थारु गायक राज कुश्मी आउने भनेपछि दर्शकको ओइरो लागेको थियो । राज कुश्मीको प्रस्तुती हेर्न गाउँगाउँबाट दर्शकहरु आएका थिए । महोत्सवमा चर्चित थारु गायक राज कुश्मीले आधा दर्जन बढी गीत गाएर दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन प्रदान गरेका थिए । उनले गाएको गीतमा थारु युवायुवती सँगै पहाडी समुदायका युवायुवतीहरु पनि हुटिङ गर्दै, नाच्दै साथ दिएका थिए । त्यस्तै महोत्सवमा थारु गायक दोषहरण चौधरी, गायक तथा मोडेल संदिप न्यौपानेले पनि विभिन्न गीत गाएर दर्शकहरको मन जित्न सफल भएका थिए । उनहरुले गाएका सवै गीतमा दर्शकहरुले हुटिङ गर्दै नाचेर साथ दिएका थिए । त्यस्तै महोत्सवमा कुशल कार्यक्रम सञ्चालक प्यार अलि खानले पनि बीच बीचमा विभिन्न प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । भने स्थानीय कलाकारहरुले पनि आ–आफ्नो प्रस्तुति दिएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

यसै गरी महोत्सवमा माघ २ गते चर्चित गायक रमेशराज भट्टराई, थारु गायक राजेन्द्र चौधरी र गायिका तथा कार्यक्रम सञ्चालिका शर्मिला अर्याल लगायतका कलाकारहरुको प्रस्तुती रहने मेला व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् । महोत्सव अवधिभर करिब ४ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र ७ करोड बराबरको कारोवार हुने अनुमान रहेको महोत्सव संयोजक सुरज खड्काले जानकारी दिएका छन् । स्थानीय उत्पादित वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने महोत्सवको उदेश्य रहेको छ । संघको भवन निर्माण तथा विपत व्यवस्थापन कोष बनाउने मुख्य लक्ष्य सहित महोत्सव सञ्चालन गर्न लागेको संयोजक खड्काले बताए । महोत्सवले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्ने आयोजकको दावी रहेको छ ।

महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषि समेतको विकास र विस्तार गर्नका लागि स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, चर्के पिङ, बाल उद्यान रहेका छन् । महोत्सव अवधीभर सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति ९० रुपैया, विद्यार्थीका लागि परिचय—पत्रका आधारमा ७० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगतालाई परिचय—पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । महोत्सव अवधीभर न्यु डान्स क्रेशनको साथै ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे