LISTEN LIVE RADIO

हर्षेडाँडा माघी मेलामा अर्जुन सापकोटा र संझना भण्डारीको प्रस्तुतीमा दर्शक झुमे



हर्षेडाँडा माघी मेलामा अर्जुन सापकोटा र संझना भण्डारीको प्रस्तुतीमा दर्शक झुमे

भालुवाङ १ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका-२ लालमटिया स्थित हर्षेडाँडामा सञ्चालित परम्परागत माघी मेला तथा साँस्कृतिक कार्यक्रममा चर्चित गायक अर्जुन सापकोटा र गायिका संझना भण्डारीको प्रस्तुतीमा दर्शकहरूले भरपुर्ण मनोरञ्जन लिएका छन् ।

कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको आयोजनामा आइतबार बाट सुरू भएको मेलाको आज दोस्रो दिन अर्जुन सापकोटाले ‘हावा चिसो चिसो’, ‘पानी परेको’, ‘दुई दुना चार’, ‘फुल्यो गुराँस’, ‘डाँडैको टुनी’ लगायतका गीत गाउँदा दर्शकले हुटिङ र तालीले साथ दिए । बहुचर्चित गीत ‘हावा चिसो चिसो…’ गाइरहँदा थुप्रैले पछ्यौरी उपहार समेत दिए । दर्शकहरूको बाक्लो उपस्थितिका विच सापकोटाले झण्डै १ घण्टा आफ्ना गीत मार्फत उपस्थितलाई झुमाएका थिए ।

त्यस्तै गायिका संझना भण्डारीले पनि आफ्ना विभिन्न गीत संगित मार्फत दर्शकहरूले नचाएकी थिइन् । भने कार्यक्रमलाई उद्घोषिका वर्षा पाण्डेले पनि रोचक बनाएकी थिइन् । मेला माघ २ गते सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे