LISTEN LIVE RADIO

दाङका एक परीक्षार्थीले परीक्षा हलमै बनाए ‘टिकटक’



दाङका एक परीक्षार्थीले परीक्षा हलमै बनाए ‘टिकटक’

दाङ १६ मंसिर । परीक्षा चलिरहेको अबस्थामा बनाएको टिकटक भिडियो दाङकै एक स्कुलका परीक्षार्थीले बनाएको खुलेको छ । राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय दाङका प्रमुख रामलाल खड्काका अनुसार त्यो भिडियो दाङकै एक विद्यालयमा अध्ययनरत विद्यार्थीले परीक्षा दिने क्रममा बनाएको स्वीकार गरेका छन् ।

‘कक्षा १२ को परीक्षा चलिरहेको अबस्थामा त्यो भिडियो बाहिरिएकाले भाइरल बन्यो, तर त्यो भिडियो १२ कक्षाका विद्यार्थीले बनाएको होईन्’, उनले भने‘ यस अघिका परीक्षामा विद्यार्थीले त्यो टिकटक भिडियो बनाएको भएपनि अहिले बाहिर आयो ।’

टिकटक भिडियो बाहिरिएपछि सम्बन्धित विद्यालयलाई पनि यस विषयमा स्पस्टीकरण सोधेको उनले बताए । तर, दाङको कुन विद्यालय भनेर खुलाउन भने चाहेनन् । परीक्षा हलमा टिकटक भिडियो बाहिरिएपछि परीक्षाको मर्यादाप्रति आलोचना भएको हो । परीक्षामा मोवाईल लिन पाईदैन् ।

मंगलबार देखि कक्षा १२ को परीक्षा शुरु भएको छ । जिल्लामा परीक्षा मर्यादित भएको उनले प्रतिक्रिया दिए । ४० पूर्णाङंकको परीक्षा भएको र यस बर्ष सम्बन्धित विद्यालयले नै कपी जाँच गर्ने र संपरीक्षणकालागि केन्द्रमा पठाउने उनले बताए । कक्षा ११ को परीक्षा भने विद्यालयले आन्तरिक रुपमा लिएको र केही विद्यालयले परीक्षा लिन बाँकी रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे