कोइलाबास नाका मंसिरको अन्तिम साता सम्म खुल्छ : सांसद चौधरी



कोइलाबास नाका मंसिरको अन्तिम साता सम्म खुल्छ : सांसद चौधरी

श्रवण बस्नेत लमही १६ मंसिर ।

प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले कोइलाबास नाका खुलाउनको लागि छलफल सुरु भएको जानकारी दिएका छन्र । कोभिड १९ का कारण लगातार आठ महिना लामो सम्म बन्द रहेको कोइलाबास नाका खुलाउन केन्द्रमा छलफल सुरु भएको उनले बताए । उनले भने,– ‘दाङमा हुँदा केही दिन अगाडी स्थानीयको समस्या बुझ्नलाई कोइलाबास नाका पुगेको थिए । त्यहाँका स्थानीयहरुले कोइलाबास नाका तत्काल खुला गरी व्यवस्थित र सहज बनाउन माग राखेका हुन् ।

लामो समय सम्म कोइलाबास नाका बन्द हुँदा थप कष्टकार बन्दै गएको भन्दै नेपाल भारत सिमा खुलाउन माग गरेका हुन्, सदस्य चौधरीले भने। कोइलाबास नाका खुला गराउन मंगलवार उद्योगमन्त्री संग छलफल गरिरहेको छु । मंसिर महिनाको अन्तिम भित्र व्यवस्थित र सहज तरिकाले कोइलाबास नाका खुला हुन्छ ।’ कोइालबास नाका खुला भएपछि जनजिवन सहज हुने स्थानियहरुको भनाइ रहेको छ ।।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे