पछिल्लो २४ घण्टामा नेपालमा थप १३ सय ४ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु, २ हजार ७३ जना डिस्चार्ज



पछिल्लो २४ घण्टामा नेपालमा थप १३ सय ४ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु, २ हजार ७३ जना डिस्चार्ज

काठमाडौं १६ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा थप १३ सय ४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरै थपिएका १३ सय ४ सहित संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार मंगलबार २ हजार ७३ जना डिस्चार्ज भएका छन्।
यो सहित निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ। यस्तै आज कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको छ।

देशभर क्वारेन्टिनमा ६१६ जना रहेका छन् भने आइसोलेसनमा १६ हजार ६ सय ३३ जनाको उपचार भइराखेको छ। मन्त्रालयका अनुसार ३७० जनाको आइसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे