लमही महोत्सवमा खेम सेन्चुरी र भूमिका गिरी सँग दर्शक झुमे, बर्माले दर्शक भावुक बनाए



लमही महोत्सवमा खेम सेन्चुरी र भूमिका गिरी सँग दर्शक झुमे, बर्माले दर्शक भावुक बनाए

लमही १४ माघ । दाङ देउखुरीको लमहीमा सञ्चालित छैठौँ कृषि, पर्यटन तथा व्यापारीक महोत्सवमा दर्शकहरुको रौनक बढ्न थालेको छ ।देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा सञ्चालित महोत्सवको तेस्रो दिनमा करिव ४ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्वसको तेस्रो दिन शनिवार बहुचर्चित लोकदोहोरी गायक खेम सेन्चुरी र गायिका भूमिका गिरी संगै दर्शकहरु झुमेका थिए भने कलाकार दिपक बर्माको प्रस्तुतीमा दर्शकहरु भावुक बनेका थिए ।आज शनिबारको दिन भएकाले दोस्रो दिनको तुलनामा तेस्रो दिन दर्शकहरुको राम्रै उपस्थिति रहेको देउखुरी उद्योग वाणिज्य संघ लमहीका महासचिव लेखराज केसीले जानकारी दिएका छन् । महासचिव केसीका अनुशार अब दर्शकहरुको संख्या दैनिक रुपले बढ्ने अनुमान छ । महोत्सवमा बहुचर्चित लोक दोहोरी गायक खेम सेन्चुरी र चर्चित गायिका भुमिका गिरी लमही महोत्सवमा आउने भएपछि शनिबार बिहानै देखि लमहीमा दर्शकहरुको घुइंचो लागेको थियो ।पछिल्लो पुस्ताका निकै चर्चा कमाउन सफल गायकद्वय सेन्चुरी र गिरीको शनिबारीय प्रस्तुतीले दर्शक दीर्घामा निकै उत्साह थपिएको थियो । गायक सेन्चुरीले जिन्दगानी छोटो छ, सप्पै माया लाई लाई, रम रम मारौ की, झ्यालमा पर्दा छ, खोली तारि देउ न माझी दाई, काँचो बेलौती लगायत आधा दर्जन गीत गाएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । गायक सेन्चुरीको भर्खरै बजारमा आएको काँचो बेलौती बोलको गीतले बजार तताएको छ भने अन्य गीतले पनि स्रोताको मन जित्न सफल भएका छन् । झ्यालमा ऐना छ, ऐना टलल, कामी दाईको छोरा जस्ता अत्याधिक चर्चा बटुल्न सफल गीत हुन् ।त्यस्तै दाङको राजपुर स्थायी घर भएकी लोक दोहोरी गायिका भूमिका गिरी पनि पछिल्लो समय निकै व्यस्त कलाकार हुन् । गायिका गिरीले तारा सँगै जुन, छाती चर्कियो, तिउन मिठो बनायो चुकैले लगायतका गीत मार्फत दर्शकहरलाई नचाउन सफल भएकी थिइन् । गायिका गिरीको गोरखपुरको सलाई, चोली मैलो भो, देउरालीमा, फिक्का चिया जस्ता सर्वाधिक चलेका गीतहरु स्रोताको माझमा ल्याएर लोकप्रियता कमाई सकेकी छिन् ।

 

त्यसैगरी लोक दोहोरी गायक प्रेम शर्माले पनि विभिन्न लोक दोहोरी गीत र भजन गाएर दर्शकलाई दिएका थिए । मनोरञ्जनका बिचमा कलाकार दिपक बर्माले सेन्टिमेन्टल गितमा अभियन गर्दा दर्शकहरु भावुक बनेका थिए । अनाथ बालबालिका सहयोर्गाथ बर्माले गरेको सो अभिनयमा मञ्चका बसेको अतिथि तथा दर्शकहरु भावुक बन्नुका साथै केहि दर्शक रोएका पनि थिए । त्यस्तै गायिका तथा उद्घोषिका उमादेवी खनालले पनि विभिन्न गीत र सायरी मार्फत दर्शकहरुलाई मनोरञ्जन दिनुका साथै कार्यक्रमलाई रोचक बनाएकी थिइन् । भने स्थानीय कलाकारहरुले पनि मनोरञ्जन प्रदान गरेका थिए । यसै बीच भोली माघ १५ गते गायक प्रताप दास, थारु गायिका बसन्ती चौधरी, थारु गायक दोषहरण चौधरी, गायिका तथा उद्घोषिका उमादेवी खनाल, कलाकार अनुष्का चौधरी, सृजना गुरुङ, दिपक बर्मा र अनुप बुढाको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ । तर महोत्सवको दोस्रो दिन शुक्रबार दर्शकहरूको सहभागीता न्यून रहेको आयोजकले बताएको छ । दर्शक कम भएपनि महोत्सवको महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको संस्कृती झल्किने साँस्कृतिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

महोत्सवमा प्रकाश सपुत, बद्रि पंगेनी, प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, मेलिन राई, प्रिति आले, रमेशराज भट्टराई लगायतका करिब ५० बढी राष्ट्रीय तथा स्थानीय कलाकार आउने साँस्कृतिक संयोजक पोख्रेलले जानकारी दिएका छन् । महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ८० रुपैयाँ टिकटदर कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे