LISTEN LIVE RADIO

गृहमन्त्रीको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डलाई



गृहमन्त्रीको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डलाई

काठमाण्डाै १४ माघ । गृहमन्त्रीको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डले पाउनुभएको छ । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति निकालेर प्रधानमन्त्री प्रचण्डकै सिफारिसमा उनलाई नै गृहमन्त्रीको जिम्मेवारी तोकिएको जनाएको छ ।

मन्त्रीहरु नियुक्त नहुँदा युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हालेका छन् । सर्वोच्च अदालतको फैसलापछि हिजो नै गृहमन्त्री र सांसदबाट रवि लामिछाने पदमुक्त भइसकेका छन् ।

लामिछानेले एकपटक नेपाली नागरिकता त्यागेपछि पुन नयाँ प्रक्रियाबाट बनाउनुपर्नेमा पुरानै नागरिकताका आधारमा मनोनयन दर्ता गराएर सांसद पद जितेका थिए । रविको नागरिकता नै अवैध रहेकाले उनले जितेको सांसद पद र मन्त्री पदसमेत गैरकानुनी रहेको भन्दै परेको रिटमा हिजो सर्वोच्चले फैसला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे