LISTEN LIVE RADIO

टेलि सिरियल ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनमा प्रसारण हुँदै



टेलि सिरियल ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनमा प्रसारण हुँदै

काठमाण्डौ १८ कार्तिक । चर्चित हाँस्य टेलि सिरियल ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रशारण हुने भएको छ । लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको यो सिरियल मंसिर २० गतेबाट भने हिमालय टेलिभिजनबाट प्रशारण गर्ने तयारी गरिएको हो ।

अर्जुन घिमिरे र कुमार कट्टेलको कथा, पटकथा, संवाद र निर्देशनमा प्रशारण हुँदै आएको यो सिरियल लकडाउनका कारण केही महिनादेखि प्रशारण हुन सकेको थिएन । अब, मंसिर २० गतेबाट नयाँ भाग छायांकन गरेर प्रशारण गर्ने तयारी गरिएको यो श्रृङ्खलाका सिरिज निर्देशक दिपकप्रसाद आचार्यले जानकारी दिए ।

 हिमालय टेलिभिजनबाट सिरियल प्रशारणको तयारीमा जुटेकाे टेलि सिरियल ‘सक्किगोनी’ युटुब भने ओएसआरबाट नै अपलोड हुने भएकाे छ । सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, सीपी पुडासैनी, शंकर आचार्य, कमलमणी नेपाल, दिपक आचार्य, सागर लम्साल, हरि निरौला, रक्षा श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । लामो समयसम्म ‘भद्रगोल’ नामबाट प्रशारण हुँदै आएको सिरियल पछि विज्ञापन एजेन्सीको विवादपछि ‘सक्किगोनी’ नामबाट प्रशारण हुन थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे