जलचर जलिय जैविक विविधता संरक्षणका लागि भानपुर देखि राप्ती पुल सम्म राप्ती नदी सरसफाई



जलचर जलिय जैविक विविधता संरक्षणका लागि भानपुर देखि राप्ती पुल सम्म राप्ती नदी सरसफाई

ओमप्रकाश गुप्ता, सिसहनियाँ १८ कार्तिक ।

दाङको देउखुरीमा राप्ती नदी सरसफाई गरिएको छ । जलचर जलिय जैविक विविधता संरक्षण सम्बद्र्धधनका लागि मानव कल्याण तथा बन बाताबरण संरक्षण केन्द्र दाङ्गको सहयोगमा राप्ती र गढवा गाउँपालिकामा गठित मछुवार समुहको सक्रिय सहभागिता राप्ती नदी सरसफाई गरिएको हो ।

राप्ती गाउँपालिकामा गठित बैखा माछा जलचर जलिय जैविक विविधता संरक्षण समूह र गढवा गाउँपालिकामा गठित शहर माछा जलचर जलिय जैविक विविधता संरक्षण समूहको सहभागितामा राप्ती गाउँपालिका वडा नम्बर ७ भानपुर देखि सिसहनिया–महदेवा जोड्ने राप्ती पुल सम्मको क्षेत्रमा राप्ती नदी सरसफाई गरिएको राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चौधरीले जानकारी दिएका छन् ।

बढ्दो जनसंख्या संगै मानवीय क्रियाकलापहरुका कारण पछिल्लो समय नदी तथा खोलाहरु प्रदुषित हुँदा त्यसको प्रत्येक्ष असर जलिय जिवजन्तुमा पर्ने र नदीमा फालिएको फोहोरमा भएका सिसाका टुक्राले जिवजन्तु घाइते हुने भएकाले पनि सरसफाई गरिएको वडा अध्यक्ष चौधरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे